नेकपा एमालेको जिल्ला अधिवेशनको लागी उपसमिति गठन

१० पौष २०७८

नेकपा एमालेको जिल्ला अधिवेशनको लागि सल्यानमा एमालेले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

शुक्रबार सल्यान खलंगामा बसेको नेकपा एमालेको जिल्ला कमिटी बैठकले आगामी पुस २३ गते हुनेअधिवेशनलाइ सम्पन्न गर्न ६ वटा उपसमितिहरु गठन गरेको हो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले अधिवेशन लाई ब्यवस्थित एवं मर्यादित ढंगले सम्पन्न गर्नको लागी प्रतिनिधि व्यवस्थापन तथा प्रतिबेदन लेखन उपसमिति संयोजकमा जिल्ला अध्यक्ष गोबिन्द पुनलाइ तोकेको छ ।त्यस्तै आर्थिक ब्यबस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष भिम बहादुर सेन, स्वंयमसेवक ब्यबस्थापन उपसमिति संयोजकमा उपमहासचिव दान बहादुर केसी, प्रचारप्रसार उपसमिति संयोजक जिल्ला सदस्य दिपेन्द्र प्रकाश डिसी, खाद्य तथा आवास ब्यबस्थापन उपसमिति संयोजकमा मनोज सिंह र मन्च ब्यबस्थापन तथा अतिथि सत्कार उपसमिति संयोजकमा जित बहादुर चलाउनेलाइ तोकिएको एमाले सल्यानले जनाएको छ ।

पार्टीको बैठकले पुस १४ गते सल्यानका सबै पालिकाको बैठक गरेर प्रतिनिधि छनौट गरि सक्नु पर्ने निर्णय गरेको प्रचारप्रसार उपसमिति संयोजक दिपेन्द्र प्रकाश डिसीले बताए ।उनिले अधिवेशनको लागी १० जना बराबर १ जना प्रतिनिधि आउने र त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने र गाउँपालिकाबाट ५ जना र नगरपालिकाबाट ७ जना तथा जिल्ला कार्यालयबाट २० जना प्रतिनिधि पनि मनोनित गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस