९ पौष २०७८ महेश कुमार वली
नेकपा (एकीकृत समाजवादीका )अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको सुर्य चिन्हमा ग्रहण लागी सकेकाले आफुहरुले कलम चिन्ह ल्याएको बताए ।
शुक्रवार सल्यान खंलगामा भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा एमाले कम्युनिष्ट पाटी नरहेको र उसको चुनाव चिन्ह सुर्यमा ग्रहण लागी सकेकाले आफुहरुले कलम चिन्ह ल्याएको बताए । पुर्व प्रधानमनत्री समेत रहेका नेपालले केपी वली सत्तामा पुगेपछि उनिमा अहंकार बढेको र दुई दुई पटक संसद भंग गर्न खोजेर आफ्नो अधिकारलाई दुरुपयोग गरेपछि आफुहरुले सरकार बाट बाहीर निकालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री गराएको बताए । उनले केपी वली पार्टीको अध्यक्ष बनेर पाटलिाई सही ढंगले नचलाएको, सामुहिक्ता भन्दा ब्यक्तिवादी प्रबृत्ति हावी भएकै कारण आज आफुहरु देश र जनताको भलो चिताउने पार्टी निर्माणमा लागेको बताए ।नेपालले पछिल्लो चरणमा नेकपा एमालेमा पहिरो गएको भन्दै पाटीका नेता कार्यकर्ता आफ्नो पाटीमा प्रवेश गर्ने लहर बढेको बताए । नेपालले सल्यानमा पनि पाटीलाई अझै वलियो बनाउन सबै एक भएर लाग्न निर्देशन दिएका छन् ।
कार्यक्रमका नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्र्चाज प्रकाश ज्वाला लगाएतका नेताको उपस्थिति रहेको थियो ।
नेकपाका एकिकृत समाजवादीका जिल्ला अध्यक्ष उदय बहादुर बोहराको अध्यक्षता, जिल्ला उपसचिव तथा प्रदेश कमिटी सदस्य भोला केसीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा हजारौ नेता कार्यकर्ताको उपस्थिति थियो भने कार्यक्रमको संचालन पाटीका जिल्ला सचिव रमेश गौतमले गरेका थिय ।