बागचौर नगरपालिका ७ को तेस्रो वडा अध्यक्षकप खेलकुद प्रतियोगीताको उद्धघाटन

७ पौष २०७८÷बिमला बस्नेत 

सल्यानको बागचौर नगरपालिका वडा नं.७ मा तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगीता सुरु भएको छ ।

बुधवार देखी सुरु भएको खेलकुद प्रतियोगीताको उद्धघाट्न गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बढाथोकीले कोरोना भाइरसले खेल क्षेत्रलाई पनि नराम्रो संग असर पारेको भन्दै, आफुहरुले सोचेजति सफल्ता पाउन नसकेको बताए । दुुइ चरणको लगडाउनले गर्दा नगरपालिकाले खेल क्षेत्रमा बिनियोजन गरेको बजेट बाट कुनै पनि काम गर्न नसकिएको र त्यसकै असर हाल सम्म पनि परेको बताएदै नगर प्रमुख बुढाथोकीले यो बर्ष समयमै वडा स्तरमा खेलकुद प्रतियोगीता सुुरु गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले वडा नं. ७ का खेलाडीलाई नियमित रुपमा अभ्यास गर्न र अनुुसाशित पूर्वक खेलमा सहभागी भई दृर्घकालिन रुपमा खेलक्षेत्रमा आफ्नो ब्यक्तित्व बिकास गर्न अनुरोध गरे । बुढाथोकीले वडा स्तरको खेल सकिय लगत्तै नगरस्तरिय मेयरकप प्रतियोगीता हुनुभएकोले त्यस लाई समेत ध्यानमा राखेर खेलमा सहभागीहुन खेलाडीलाई आग्रह गरेका छन् । उनले पछिल्लो समयमा बागचौर नगरपालिका भित्र राजनितिक दलहरुको समेत आत्मिएता बढदै गएको भन्दै सकारात्मक राजनितिक संस्कारको बिकासले आफु खुसी हुने गरेको बताए । बुढाथोकीले नगरसरकारको काम कर्तब्य र अधिकार लाई समेत निहालेर आफुहरुलाई सल्लाह सुुझाव दिन समग्र नगरवासीलाई आग्रह गरेका छन् ।

कार्यक्रमकी बिशिष्ट अतिथि कल्पना पुनले आफुहरुले खेलक्षेत्रमा बर्षेनि बजेट बिनियोजन गर्नुको मुख्य उद्धेश्य भनेको नगरमा खेलाडीको उत्पादन गरेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म खेलाडी लाई पुु¥याउनु र एक आपसमा सहयोग, सद्धभाव र समजदारी आदान प्रदान गरेर नगरमा खेल क्षेत्रको बिकास गर्नु रहेको बताईन । बागचौर नगरपालिकाकी नगर उपप्रमुख पुनले खेल क्षेत्र ब्यक्ती हुदै राष्ट्रको समेत साझा सम्पति भएकाले यसको बिकासमा सबै लाग्नुपर्ने बताएकी छिन ।यस्तै वडा अध्यक्ष कप उद्धघाटन सत्रमा बोल्दै इलाका प्रशासन कार्यालय बागचौरका कार्यालय प्रमुख मोहन डीसीले खेलक्षेत्र ब्यक्तिको ब्यक्तित्व बिकास मात्र नभएर राष्ट्रिय गौरवको बिषय समेत हुन सक्ने भएकाले खेलक्षेत्रको बिकासमा सबै एक भएर लाग्नुपर्ने बताए ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित पौष १० गते सम्म संचालन हुने कार्यक्रमको उद्धघाटनमा बोल्दै बागचौर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष मोहन लाल खड्का, ६का वडा अध्यक्ष भुपेन्द्र राज वली, नेपाली काँग्रेसका जिल्ला सहसचिव जनक राज गौतम, नेकपा एमालेका जिल्ला कमिटी सदस्य लक्षिराम डाँगी, नेपाली काँग्रेसका बागचौर नगर सभापति दिपेश डीसी, नेकपा माओवादी केन्द्रका बागचौर नगर अध्यक्ष सोभाराम भण्डारी, एकीकृत समाजवादी वागचौरका नगर अध्यक्ष प्रेम बहादुर डीसी लगाएत बालकन्या मा.बि कोटवाराका प्र.अ चक्रपानी गौतमले खेल क्षेत्रमा बागचौरको नाम अगाडी आउने गरी खेलकुदको बिकास गर्न नगर सरकारलाई अुरोध गरेका छन् । यस्तै उनिहरुले स्थानिय स्तरमा लुकेर रहेका प्रतिभालाई समेत पहिचान गरी बाहिर ल्याउने किसिमले स्थानिय सरकार अगाडी बढन जरुरी रहेको भन्दै, खेलाडीलाई अनुसाशित बनेर खेलमा सहभागी हुुन अनुरोध गर्दै कार्यक्रमको सफल्ता सहितको शुुकामना मनतब्य राखेका थिय ।

वागचौर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेरबहादुर घर्तिको अध्यक्षता र वडा सदस्य ओमकार वलीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य नवराज देवकोटा, नेपाली काँग्रेस बागचौर नगर उपसभापती भुमा न्यौपाने, नेकपा माओवादी केन्द्रका ७ नम्बर वडा अध्यक्ष डिल्ली वली, नेपाली काँग्रेस वडा नं.७ का सभापति तिल बहादुर खड्का, नेपाल पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारी ( दिपसागर) रेडियो मध्यपहाडका अध्यक्ष लोकमान चन्द,इलाका प्रहरी कार्यालय थारमारेका शेरबहादुर चन्द, एकिकृत समाजवादी बानपा ७ का सचिव चुडामनी वली, बानपा ११ का प्राबिधिक कृष्ण बहादुर शाही, वडा भित्रका बिधालयका प्र.अहरु नर बहादुर डीसी, प्रमोद कुमार वली, लोकमान वली, अर्जुन वली, गणेश कुमार वली, भुमबहादुर वली, लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बागचौर नगरपालिका वडा नं.७ का वडा सचिव केशव चन्दले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस