बागचौर १० भाटभिटेमा खानेपानि टयांकी उद्धघाट्न

६पौष २०७८

सल्यानको बागचौर नगरपालिका वडा नं. १० भाटभिटेमा नगरपालिका र जलवायु अनुकुलनले निर्माण गरेको खानेपानीको उद्धघाट्न गरिएको छ ।

मंगलवार एक कार्यक्रमका बिच भाट्भिटे लिफ्ट खानेपानि तथा जलवायु कार्यक्रम द्धारा निर्माण गरिएको खानेपानी टयांकीको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले उक्त क्षेत्रमा खानेपानीको अभाव भएकाले जनतालाई खानेपानीको सुविधा दिलाउन आफुहरुले योजना छनौट गरि,बजेट बिनियोजन गरेर काम सम्पन्न गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नगरको समग्र बिकासको लागी आफुहरु जनताको साथमै रहेर काम गरी राखेको बताए । उनले उक्त योजना सम्पन्न गर्नको लागी सहकार्य गर्ने जलवायु अनुकुलन कार्यक्रमलाई समेत धन्यवाद दिदै खानेपानिको सदुपयोग र भौतिक संरचनाको संरक्षण गर्न उपभोक्ता र सरोकारवाला लाई आग्रह गरेका छन् ।भाट्भिटे लिफ्ट खानेपानी तथा जलवायु आयोजनाका अध्यक्ष राम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुन, अतिथिहरुबागचौर नगरपालिका योजना शाखा प्रमुख पुर्ण बहादुर वली, वडा नं. १० का वडाध्यक्ष कृष्णा कुमार खड्का लगाएतको उपस्थिति रहेको थियो ।

बागचौर नगरपालिकाको १३ लाख,३० हजार,६०१ रुपैया ६२ पैसा, जलवायू कार्यक्रमको ५३ लाख १४ हजार ४०४ रुपैया र १५ लाख ३६हजार ९ सय २८ रुपैया २४ पैसा जनश्रमदान गरी कुल ८१ लाख ८१ हजार ९ सय ३३ रुपैया ८६पैसामा सम्पन्न लिफ्ट सिस्टम खानेपानी योजना बाट १० नम्वर वडा अन्र्तगत भाटभिटे टोलका ५८ घर धुरी लाभान्वित भएको निर्माण समितिका सचिव कल्पना बुढाथोकीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस