इलाका प्रशासन कार्यालय बागचौर बाट नाम छुटेकाहरुको लागी मतदाता नामावली संकलन गरिदै

४ पौष २०७८ 

इलाका प्रसाशन कार्यालय बागचौर बाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

पहिलो चरणमा नाम छुटेकाहरुको लागी पौष ५ गते देखी पौष १९ गते सम्म फोटो सहितको मतदाता नामावली संकलन कार्य गर्न लागीएको जिल्ला निर्वाचन कार्यालय असल्यानले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले आइतवार बागचौरमा एक कार्यक्रमका साथ दोश्रो चरणको मतदाता नामावली संकलन कार्यक्रमको उद्घाटन गरेको छ।उद्धघाट्न कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले जनतालाई उक्त कार्यक्रममा भाग लिएर आफ्नो मताधिकार शुनिश्चित गर्न आग्रह गरेका छन् । उनले दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा सघाउनको लागी बागचौर नगरपालिका बाट आबश्यक जनशक्ति खटाउने बताएका छन् ।

सोमवार बाट सुरुहुने उक्त कार्यमा बागचौर नगरपालिकाका नागरिकको मतदाता नामावली संकलनको लागि पौष ५ गत्ते देखि पौष १३ गत्ते सम्म,दार्मा गाउँपालिका लागि पौष १४ गत्ते देखि पौष १६ गत्ते सम्म र कुमाख गाउँपालिकाका लागि पौष १७ गत्ते १९ गत्ते सम्म गरेर तिन चरणमा बिभाजन गरेको छ । इलाका प्रशासन कार्यालय बागचौरका कार्यालय प्रमुख मोहन डीसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरस्तरिय साजनितिक दलका प्रतिनिधि,ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख,हुलाक कार्यालय प्रमुख, संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेक बहादुर डीसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस