४ पौष २०७८
सल्यान प्रहरीले जिल्लाका भित्र टोल सुधार समिति अभियान संचालनमा ल्याएको छ ।
प्रहरी साझेदार कार्यक्रम अन्र्तगत समाजमा हुने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्ने उद्धेश्यका साथ उक्त अभियान संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।समाजमा हुने सबै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्यूनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्यका लागि टोल सुधार समिति गठन गर्न लागीएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताएका छन् । समाजमा हुने घटनामा कमी ल्याउन र यदि भई हालेमा पनि बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन सकोस् भन्ने सोचका साथ टोल सुधार समिति गठन गर्ने कार्यक्रम गरिएको खड्काले बताए । उनले ‘दीर्घकालीन रुपमा हेर्दा बेरोजगारी, अशिक्षा र अल्पकालीन रुपमा मदिराका कारण समाजमा अपराधिक क्रियाकलाप बढी रहेको देखिएको र त्यसको नियन्त्रण गर्न आफुहरु टोलटोलमा पुग्ने कार्यक्रम ल्याएर आएको बताए ।
प्रहरीले गठन गरेको समितिले प्राकृतिक विपद् देखि अपराधिक क्रियाकलाप नियन्त्रण तथा न्यूनीकरण गर्ने समेत बताइएको छ ।प्रत्येक टोलमा १० सदस्यीय समिति हुने,यही पुस २० गतेसम्म जिल्लाका सबै टोलमा पुगी प्रहरीले टोल सुधार समिति गठन गरी सक्ने प्रहरी प्रमुखको भनाई छ ।‘प्रहरीले मुख्यतया तीन काम गर्ने बताइएको छ प्रहरीको पहिलो काम अनुसन्धान जो प्रहरीले मात्र गर्छ, दोस्रो सुरक्षा र तेस्रो सचेतनामूलक कार्यक्रम सोही अनुरुप सल्यानमा रहेका प्रहरीका ३८ युनिट मध्य सबै युनिट अहिले गाउँ बस्तीमा पुगेर टोल सुधार समिति गठन गरी रहेको प्रहरी प्रमुख खड्काले बताएका छन् ।
यस्तै इलाका प्रहरी कार्यालय सीमखोलीले बागचौर नगरपालिकाको वडा नं. ५ अन्तर्गत टोल न १ शिर्पामा प्रहरी साझेदारी टोल सुधार समिति गठन गरेको छ । जस्को अध्यक्षमा निरुता सुनार,उपाध्यक्ष,भद्री वली, सदस्यहरु उषा वली, शोभाराम वली, केशरिदेबि वली, लोकमान वली, बिनिता वि.क. तेज कुमार बुढाथोकी, उमा वली र वीर बहादुर वि.क रहेका छन । आइतवार बागचौर नगरपालिका वडा नंं ५ की वडासदस्य लक्ष्मी वि.क, प्रहरी जवान रमेश घर्ति र नरेन्द्र मूस्लिङको उपस्थितिमा उक्त समिति गठन गरिएको इलाका प्रहरी कार्यालय सिमखोलीले बताएको छ ।