खलंगा सितलपाटी खानेपानी तथा सरसफाई संस्थाको पाँचौ साधारण सभा सम्पन्न

४ पौष २०७८

खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौँ साधारण सभा सम्पन्न भएको छ ।

शनिवार सल्यान खलंगामा भएको साधारण सभाको उदघाट्न गर्दै शारदा नगरपालिकाका नगर प्रमुुख सुरेश अधिकारीले उक्त आयोजनाले पानीको चरम अभावमा रहेका नगरका करिव छ वडामा खानेपानीको सुविधा भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले उक्त आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नको लागि सबैले ध्यान दिनुपर्ने बताएका हुन ।स्थानिय जनताले उक्त आयोजना बाट धेरै लाभ लिएकाले स्थानिय निर्वाचन पछि शारदा नगरपालिकाले सबै किसिमका सहयोग सहकार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्का लागी आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकीले उक्त आयोजनालाई दिगो कसरी बनाउन सकिन्छ भनेर आफुहरु निरन्तर रुपमा लागि रहेको बताएका छन् । आफु संस्थाको अध्यक्ष भैसके पछि स्थानियलाई सफा र स्वच्छ पानी खुवाउने आफ्नो मुख्य कर्तव्य भएको भन्दै अध्यक्ष बुढाथोकीले चौँबिसैँ घण्टा नागरिकको घर घरमा पानी पुर्याउने संस्थाको लक्ष्य रहेको बताए । बुढाथोकीले सल्यानको सदरमुकामा सञ्चालित खलंगा सितलपाटी लिफ्ट खानेपानी आयोजनाबाट दुई हजार घरधुरी लाभान्वित भएको र बर्षौदेखी खानेपानीको समस्या भोग्दै आएको उक्त ठाँउमा खानेपानी आयोजना सञ्चालन भएपछि झण्डै दुई हजार बढी घरधुरी लाभान्वित भएको बताएका छन् ।

केहि बर्ष पहिले करिव १५ करोडको लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना बाट शारदा नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र १२ का स्थानीय बासीन्दा लाभान्वित भएका छन् ।खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले, श्रीनगर स्थित शारदा नदि किनारबाट लिफ्ट प्रविधि मार्फत खलंगाको लुहापिङ्घमा खानेपानि पुर्याइएको छ ।

कार्यक्रममा संस्थाका सल्हाहकार उपसमिति सदस्य बिर बहादुर सेजुवाल, शारदा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज बुढाथोकी, २ का केशव सिंह श्रेष्ठ, ४ का सुधन श्रेष्ठ,५ का प्रदिप शाही, नेपाली काँग्रेस शारदा नगरका सभापति दिपक हमाल, नेकपा एमालेका शारदा नगरकमीटी अध्यक्ष मधुसुदन शर्मा, नेकपा माओवादी केन्द्र शारदा नगरकमिटी सचिव सन्तोष राई, नेकपा समाजवादीका शारदा नगरकमीटी अध्यक्ष रोमप्रकाश थापा, राप्रपाका नगर अध्यक्ष संजयकुमार सिंह लगाएतको उपस्थिति रहेको थियो ।संस्थाका उपाध्यक्ष मौसमदास श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सरोकारवालाहरु सहित खानेपानी उपभोक्ताहरुको सहभागिता रहेको थियो भने, कार्यक्रमको कार्यक्रमको संचालन सचिव सुधन श्रेष्ठले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस