प्याप्सन सल्यानको अध्यक्षमा जित बहादुर भण्डारी

३ पौष २०७८

प्याप्सन सल्यानको जिल्ला अध्यक्षमा पुन जित बहादुर भण्डारी निर्वाचित बनेका छन् ।

शनिवार सल्यानको बागचौरमा भएको निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्यावसन) सल्यानको को चौथो जिल्ला अधिवेशन बाट भण्डारी सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । जस्को उपाध्यक्षमा भरत कुमार बस्नेत , सचीव खिमराज डि.सी, कोषाध्यक्ष कमल वली , सदस्यहरु अमर बहादुर के.सी, धनसिह गोसाई , हिमाल भण्डारी , प्रदिप घर्ती र बेल बहादुर डाँगी रहेका छन् ।
प्याप्सनको चौथो जिल्ला अधिबेशन उदघाट्न गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आफुले निजी विद्यालय माथि कुनै पनि पुर्वाग्रह नराखेर सहकार्य गर्दै अगाडि बढेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले निजि स्तरका बिधालयले पनि शैक्षिक सुधारमा महत्वुपुर्ण भुमिका खेल्दै आएको बताए । उनले निजि स्तरका बिधालयका शिक्षकहरुले आफनो भुमिकालाई राम्रो संग आत्मसाथ गरेर शैक्षिक क्रियाकलापमा सामेल हुने भएकाले गुणात्मक परिणाम आउने गरेको बताउदै अझै त्यस तर्फ लागी पर्न सम्बन्धित सबैलाई अनुरोध गरेका हुन ।

प्याप्सन सल्यानका जिल्ला अध्यक्ष जित बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य महेश देवकोटा, बागचौर नगर शिक्षा शाखा प्रमुख टेक बहादुर डीसी,कर्णली प्रदेश उपाध्यक्ष दिपेन्द्र बिष्ट,जिल्ला प्याबसन सल्यानका प्रमुख सल्लाहकार पुर्ण बहादुर बस्नेत लगाएतकाले शुभकामना मन्तब्य राखेका थिय ।कार्यक्रममा प्याब्सन सल्यानमा आवद्व हुन चाहने २ विद्यालयलाई सदस्यता वितरण गरिनुका साथै नित्य प्रस्तुत गर्ने सबै विद्यालयलाई पुरस्कार सहित प्रशंसा प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।

जिल्ला प्याब्सन सल्यानका उपाध्यक्ष भरत कुमार बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सन सल्यानका सचिव खिमराज डिसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस