३ पौष २०७८
सल्यानमा एक जना पुरुषको शव जंगली जनावरले खाएको अबस्थामा भेटिएको छ ।
जिल्लाको कुमाख गाउँपालिका ७ जिमालीका ६० बर्षिय गंगाराम नाथको शव जंगली जनावरले खाएको अबस्थामा भेटिएको हो ।गत मंसीर १२ गते घर बाट निस्कीएर परिवार र आफन्तको सम्पर्कमा नआएका नाथको शव शनिवार दिउसो सोहि वडाको काउले खोलामा जंगली जनावरले खाएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार जंगली जनावरले खाएको अवस्थामा कंगाल मात्रै फेला परेको बताइएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको हो ।