सल्यानको त्रिवेणीमा आयुर्वेद तथा योग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२६ मंसीर २०७८

सल्यानको त्रिवेणीमा आयुर्वेद तथा योग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिवार त्रिवेणी गाउँपालिका वडानं. १ काभ्राको जनता माध्यामीक बिधालयमा भएको शिविरमा करिव ३ सय ७० जना बिरामीको स्वास्थ्य चेक जाँच र उपचार गरिएको आयुर्वेद शाखा सल्यानले जनाएको छ ।आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा भएको एक दिने निशुल्क शिविरमा, वाथरोग,स्वासप्रस्वास, दम, ग्याष्टिक, अमलोपीत्त, लगाएतका रोगका बिरामीको चेक जाँच पछि उपचार गरिएको आयुर्वेद आयुर्वेद स्वास्थ्य केन्द सल्यानका निमित्त कार्यालय प्रमुख संजय प्रशाद शाहले बताएका छन् । उनले शिविरमा छालारोग, महिला रोगको पनि उपचार गरिएको बताए । शिविरमा करिव १८ देखी २२ बर्षका युवा युवतिमा रक्त चापको समस्या देखिएको बताएका हुन । शाहले आयुर्वेद उपचार पनि प्रभावकारी भएकाले त्यस तर्फ ध्यान दिन जिल्लावासी लाई अनुरोध गरेका छन् ।

 

जनताको स्वास्थ्य लाई घर आगनमै पुगि चेक जाँच पछि उपचार गर्ने उद्धेश्यले संचालन गरेको शिविरमा आयुर्वेद चिकित्सक हिरा बस्नेत, कविराज, बैद्धे आदिले बिरामीको उपचार गरेका थिय । शिविरमा बिभिन्न रोगका बिरामीहरुलाई निशूलक रुपमा आयुर्वेद औषधि समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस