नेपाल बिद्यालय कर्मचारी परिषद बागचौरको दोस्रो नगर सम्मेलन सम्पन्न

२५ मंसीर २०७८

नेपाल बिद्यालय कर्मचारी परिषद बागचौरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

शनिवार सल्यानको बागचौरमा भएको सम्मेलनले कृष्ण प्रकाश वलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा भण्डारी र ओमप्रकाश सुनार, सचिवमा निर्माण वली, सहसचिवमा रुपलाल वली र अर्थसचिवमा गोविन्द बुढाथोकी रहेका छन्।आफुहरुलाई अन्य कर्मचारी सरह सेवा सुविधा नदिएर तिनै तहका सरकाले अपहेलित गरेको कार्यक्रमा बोल्ने परिषद सदस्यहरुले बताएका थिय । उनिहरुले काम गरेवापतको उचित सेवा सुविधा दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

नगर अध्यक्ष मदन कुमार बस्नेतको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण सचिव निर्माण वलीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस