२४ मंसीर २०७८
समाजवादी प्रेस संगठन सल्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले एकीकृत समाजवादी पार्टी देशको देशको संविधान र कम्युनिष्ट आन्दोलनको रक्षाका लागी एमाले बाट बिद्रोह गरेर जनता माझ स्थापित भएको बताएका छन् ।
शुक्रवार सल्यान खलंगामा भएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले केपि ओलीका कारण लामो त्याग र बलिदानीबाट आएको संविधान सखाप पार्ने खोजिएको र , संविधान, कानुन, संर्वोच्च लगाएतका सबै निकाय समाप्त हुने अवस्था भएको बताए । उनिले आगामी निर्वाचनमा केपीले आफ्नो पार्टी पार्टीको लागी मत माग्ने अधिकार समेत गुमाएको भन्दै, ‘जनताले दिएको दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदको विघटन गर्ने ओली पार्टीले देश र जनताको हितमा केही पनि काम गर्न नसक्ने बताए ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव रमेश गौतम लगाएतका नेताहरुको सहभागिता रहेको थियो । समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मिना बुढाथोकीको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण शिव डाँगीले गरेका थिय ।