इट्टा भट्टामा लिदै गरेका बालवालिका लाई सल्यान प्रहरीले लगायो अभिभावकको जिम्मा

२३ मंसीर २०७८

सल्यान बाट धादिङको एक इट्टा भट्टामा लिदै गरेको अस्थामा ६ जना बालबालिकालाई प्रहरीले अभिभावकको जिम्मामा लगाएको छ ।

बुधवार धादिङको मनकामना ईट्टा भट्टामा काम गराउन लैजादै गरेको अवस्थामा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – १० साधनबासका १३ वर्षीय मोहन पुन, ९ वर्षीय तुफान परियार, ११ वर्षीया मनिषा परियार, ५ वर्षीया सरिता परियार, ७ वर्षीय योगेन्द्र विक र ५ वर्षीय गणेश विकलाई सल्यान प्रहरीले उद्दार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन्।

बालबालिकाहरुका अभिभावकहरु शोही इट्टा भट्टामा केही समय यता काम गर्दै आइरहेको र ति बालबालिका लाई पनि काममा लगाउने बुझिएपछि धादिङ जान रोक लगाइएको खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस