खैरावाङ प्राविधिक शिक्षालयमा विद्यार्थी स्वागत कार्यक्रम

२२ मंसीर २०७८

सल्यानको श्रीनगरमा रहेको खैरावाङ प्राविधिक  शिक्षालयले  शैक्षिक सत्र २०७८÷०७९ का लागि नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका विच स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले विद्यार्थी जहिले पनि अनुसासित बनेर ज्ञान हासिल गर्नु पर्ने र नगरले विद्यार्थी र शिक्षालयलाई आवश्यक सहयोग गर्ने बताए ।कार्यक्रममा विशिष्ट अतिथि शारदा नगरपालिका १२ का वडाध्यक्ष तथा नगर सभापति दिपक हमाल, जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख लक्ष्मण विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।

शिक्षालयमा नयाँ शैक्षिक सत्रमा अध्ययनरत विद्यार्थीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट, अतिथि तथा सभाध्यक्षले फुलमाला र खादा ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा इलाका प्रहरी कार्यालय शितलपाटीका इन्चार्ज लिला चन्द, पत्रकार योगराज विश्वकर्माको उपस्थ्तिी रहेको थियो ।

स्वागत कार्यक्रममा विलर्थीले गित नृत्य प्रस्तुत गरेका थिए भने शिक्षालयका प्रवन्धक मोहन प्रकाश वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मनतव्य शिक्षालयमा  छात्रा पुष्पा बोहराले राखेकी थिइन भने कार्यक्रमको संचालन शिक्षलयका प्रिन्सिपल सिता बुढामगरले गरेकी थिएन ।

प्रतिक्रिया दिनुहोस