१० मंसीर २०७८
सल्यानमा शरिर जलेको अवस्थामा एक पुरुषको शव फेला परेपछि दुई जना महिला लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्दको सव आधा शरिर जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।घर देखी झण्डै ५० मिटर पश्चिमको बाँसघारीमा शव फेला परेकोअनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादवले जानकारी दिएका छन् । स्थानीयले शुक्रबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक सुत्ने कोठामा समेत रगत देखिएको र घरमा हत्या गरी जलाएको हुनसक्ने प्रहरीको भनाइ छ । हत्या गरेको आंशकामा भाउजु नाता पर्ने स्थानीय दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।