लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गंगादेव गाउँपालिकामा उद्धघाटन्

९ मंसीर २०७८

गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्रीले लैगिंक हिंसा न्युनिकरणका लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

पछिल्लो समयमा गाउ समाजमा हिंसा पिडितहरुको संख्या बढ्दै गएको बताउदैँ उनिले घरपरिवार तथा समाजमा हुने सबै खाले हिंसा न्युनिकरणका लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका हुन। ।लैङ्गिक हिंसा बिरुद्ध १६दिने अभियान सफल पारौ, लैंगिक समानता कायम गरी सभ्य समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत गंगादेव गाउँपालिकाको आयोजनामा संचालन भएको सचेतनामुलक ¥याली पश्चात आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खत्रीले हिंसा न्युनिकरणका लागि सबै निकाय जिम्मेवार बन्न आवश्यक रहेको र हिंसा कै कारण कयौँ महिला तथा बालवालिकाले कष्टकर जिवन बिताइरहेको बताएका छन् ।

उनिले समाजमा हुने सबै खालका लैङ्गिक हिंसा न्यूनीकरण गर्न दस बर्शे जनयुद्धले चेतनाको बिकास गरेको स्मारण गर्दै अब सबै सचेत नागरिक कुसंस्कारका विरुद्ध सशक्त रूपमा लाग्नु पर्ने बताएका हुन।कार्यक्रमका बिशिष्ट अतिथि गंगादेव गाउँपालिका रोल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिक राम बस्नेतले लिंगकै आधारमा हुने सबै खाले हिंसा न्यनिकरण गर्न आवश्यक रहेको बताएका छन्। उनले पछिल्लो समयमा सबै खाले हिंसाले समाजमा नकारात्मक प्रभाव पार्दै गएकाले सबै सचेत रहेर हिंसा न्युनिकरणमा लाग्नुपर्ने बताए ।

गंगादेव गाएपालिकाकी उपाध्यक्ष रिता घर्तिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउपालिका जनप्रतिनिधि , कर्मचारी ,७ वटै वडाबाट महिला आमा समुहहरुको उपस्थिति रहेको थियो भने गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक अशोक वलीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस