बिप्लव नेतृत्वको नेकपाको जिल्ला पार्टी कार्यालय सल्यान खंलगामा स्थापना

८ मंसीर २०७८ /सन्तोष भण्डारी

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले अहिलेको संसदीय व्यवस्थाले जनताको जिवनस्तर उठाउन नसक्ने बताएका छन् ।


बुधबार सल्यान खलंगा डाडागाउँमा पार्टीको सम्पर्क कार्यालय स्थापना संगै चियापान कार्यक्रममा बोल्दै पोख्रेलले देश र जनताको समृद्धिका लागी शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न जनमत संग्रह गर्नुपर्ने बताएका छन् । पार्टीका केन्द्रिय सदस्य समेत रहेका पोख्रेलले बैज्ञानिक समाजवाद प्राप्तको लागी जनमतसंग्रह नै नेपालको अहिलेको सबैभन्दा अग्रगामी एजेन्डा भएको बताएका हुन ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी बाट सम्बन्धविच्छेद गरेर विप्लवको नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा माओवादी गठन गरेको दिनलाई पार्टीले पुनर्गठन दिवसको रुपमा मनाउने गरेको र त्यसै अवसरमा आफुहरुले पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला जिल्ला सेक्रेटरी नारायण चन्दले बताएका छन्।

पार्टीका कार्यालय सदस्य मदन चन्दको स्वागत मन्तव्य र जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता थलराज भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, रेडियो तहल्काका स्टेशन मेनेजर डिल्ली राज रावत, इन्सेक प्रतिनिधि मिना बुढाथोकी लगाएतले शुभकामना मन्तब्य राखेका थिय, भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य टंक प्रकाश केसीले गरेका हुन।

प्रतिक्रिया दिनुहोस