निशुल्क आँखा तथा कान परिक्षण शिविर संचालन

८ मंसीर २०७८ /बिमला बस्नेत

सल्यान बागचौर नगरपालिका भित्रको एक बिधालयका २ सय ५० भन्दा बढी बिधार्थीको निशुल्क रुपमा कान तथा आँखा परिक्षण गरीएको छ ।

नेपाल नेत्रज्योती संघ द्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना अन्र्तगत बागचौर नगरपालिकाको आयोजनामा ३ दिने शिविर संचालन गरी बागचौर नगरपालिका वडा नं. ५ शिर्पामा मा रहेको भरत स्मृति माध्यमीक बिधालयका बिधार्थीहरुको निशुल्क रुपमा आँखा र कानको परिक्षण गरीएको हो ।

एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना कर्णालीका १० जिल्लामा संचालित रहेको एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना अन्तर्गत बागचौर नगरपालिका सामुदायक संयोजक भरत देवकोटाले बताएका छन् । , जसमध्ये अहिले सल्यानको शारदा नगरपालिका र बागचौर नगरपालिका गरि २ पालिकामा कार्यक्रम भइ रहेको कार्यक्रम संयोजक देवकोटाले बताए ।

आँखा तथा कान स्वास्थ्य परिक्षण हाल कार्यक्रम संचालित पालिकाको समुदायस्तरसँगै विद्यालयहरुमा संचालन भइ रहेको र जस अन्तर्गत आँखा र कान सम्बन्धि परिक्षण गरिने र आखाँको मोतिविन्दु, कान सुनाई शक्ती कम भएका व्यक्तिहरुको परिक्षण गरि रिफर गरेर निशुल्क उपचार गरिने समेत देवकोटाले बताएका हुन ।

उक्त कार्यक्रम जिल्लाका दुइ वटा स्थानिय तहमा निरन्तर चलि रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस