अखिल नेपाल महिला संघ (समाजवादी ) सल्यानको प्रथम जिल्ला भेला बाट अध्यक्षमा बुद्धा केसी

८ मंसीर २०७८

अखिल नेपाल महिला संघ (समाजवादी ) सल्यानको प्रथम जिल्ला भेला तथा जिल्ला कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सल्यान खंलगामा भएको भेला बाट बुद्धा केसीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमीटी घोषणा गरिएको छ । जसको उपाध्यक्षमा प्रेमा बस्नेत र सिता योगी, सचिवमा शान्ता नेपाली, उपसचिवमा तारा बुढा पुन र कुमारी केसी तथा कोषाध्यक्षमा, योगमाया खड्का चयन भएका छन्।

कार्यक्रममा बोल्ने बक्ताहरुले कुनै पनि पाटी लाई अगाडी बढाउनको लागी महिलाहरुको महत्वपुर्ण भुमिका रहने बताएका छन् । उनिहरुले महिलाहरु पनि पुरुष सरह काम गर्ने सक्ने शक्ती भएको बताए ।उनिहरुले कार्यक्रमा सहभागी महिलाहरुलाई दृढताका साथ पाटी निर्माणमा लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस