७ मंसीर २०७८
नेपाली काँग्रेस सल्यानको जिल्ला सभापतिमा केशवहादुर बिष्ट निर्वाचित भएका छन् ।
काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई पराजित गर्दै बिष्ट सभापतिमा बिजयी भएका हुन ।
कुल १ हजार २ सय ३५ मत मध्य बिष्टले ६ सय १२ मत ल्याएर जिल्ला सभापतिमा बिजय भएकाहुन भने उनिका प्रतिस्र्पधि धुब्र राज पुरीले ६ सय ७ मत प्राप्त गरेका थिय । यस्तै काँग्रेसको जिल्ला उपसभापतिमा सन्तोष केसी ६ सय २० र चक्रवहादुर देवकोटाले ५ सय ९६ मत ल्याएर बिजय भएका हुन । सचिवमा प्रकाश भण्डारी ७ सय ३ मत, एक राज बुढाथोकी, ५ सय ५९ मत र ६ सय ३४ मत ल्याएर जनक राज गौतम र ५ सय ७५ मत ल्याएर पदम बहादुर बुढाथोकी पाटीको जिल्ला सह सचिवमा बिजय भएका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सल्यानका सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवारहरुको मत परिणाम भने आउन बाँकी छ ।