सल्यानमा विप्लव नेकपाकाका बन्दकर्ताले बनाए ट्राफिक चिन्ह , प्रहरीले सहयोग गरे

३० कार्तिक, सल्यान

सल्यानमा  विप्लव नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध  गरेको छ । ।

मंगगलबार गरेको नेपाल बन्दको क्रममा सल्यानमा बन्दकर्ताले सडकमा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेका छन्
। श्रीनगरका ३ ठाउँमा जेब्रा क्रसिङ निर्माण र रङरोगन गरेको नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

लामो समयदेखि सल्यानमा जेब्रा क्रसिङहरु मेटिदै गएको अवस्थामा नयाँ बनाइएको हो । बन्दकर्ताले ट्राफिक चिन्हहरु बनाउँदा ट्राफिक प्रहरीले समेत सहयोग गरेको थियो ।
दुर्घटना कम गर्न, समाजमा सकारात्मक सन्देश दिन र राजनीतिक कार्यकर्ताहरु असल कार्यकर्ता हुन्छन् भन्ने ध्ये यस्तो काम गरिएको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सविन पोखरेलले बताए । मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएको उनको भनाइ छ ।

सवारी साधन बन्द भएकोबेला यस्तो रंगरोगनले अरु अवस्थाको भन्दा राम्रो र दीर्घकालिन जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस