२८ कार्तिक २०७८ /रमिला मैनाली
सल्यान दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर केसीले खेल क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारले आवश्यक पूर्वाधार, प्रशिक्षक लगायतका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताएका छन ।
कार्तिक २४ गते देखी दार्माको फारुलाचौरमा संचालन भैरहेको पालिका स्तरिय बृहत खेलकुद, लोक दोहोरी तथा गजल प्रतियोगिताको शनिवार सम्पन्न गर्दै गाउँपालिका अध्यक्ष केसीले खेल क्षेत्रमा स्थानीय सरकारले लगानी गरेको भएपनि प्रयाप्त नभएको वताएका हुन ।उनले खेल क्षेत्र सबैका साझा सम्पति भएकाले यसको बिकास गर्न सबै लागी पर्नु पर्ने बताएका हुन ।
दार्मा भलिवल संघ सल्यानको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दार्मा गाउँपालिका भित्रका ६ वडाका महिला र पुरुष समुह गरी १८ समुहले भलिवल , ७ समुहले लोक दोहोरी र व्याटमिन्टन खेलमा ८ समुहले प्रतियोगितामा भाग लिएका थिए ।
षुरुष भलिबल प्रतियोगितामा वडानं १ प्रथम,वडा न ४ दोस्रो र वडा न ५ तेस्रो भएका छन् । यस्तै महिला भलिबल तर्फ वडा न ४ प्रथम, तेस्रो वडा न ५ भएका छन् ।
गजल विधा तर्फ वडा न ४ का एन।वि मल्ल प्रथम, वढा न ३ का रिजन केसी दोस्रो र वडा न २ की सिखा श्री केसी तृतिय भएकी छन् । लोक दोहोरी तर्फ वडा न ६ को कमला शाहीको टिम प्रथम, वडा न २ को लक्ष्मण केसीको टिम दितिय र वडा न ५ को लोकेन्दै वि।कको टिम तृतिय भएको छ ।
दार्मा गाउँपालिका सल्यानको आर्थिक सहयोग र दार्मा भलिवल संघको आयोजनामा भएको भलिवल प्रतियोगितामा विजेताले भलिवलमा प्रथम हुने महिला र पुरुष दुवै समुहले २५ हजार, द्धितिय समुहले २० र तृर्तिय हुने समुहले १५ हजार नगद र मेडेल प्राप्त गरेका छन् ।
यसैगरी ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले ८ हजार, द्धितियले ६ हजार र तृतिय हुने ४ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समुहले ५ हजार, द्धितिय हुने समुहले ४ हजार र तृतिय हुने समुहले ३ हजार नगद र प्रमाण पत्र, गजल प्रतियोगितामा प्रथम हुनेले १हजार ५ सय, द्धितिय हुनेले १हजार २ सय र तृतिय हुनेले रु १ हजार र प्रमाण पत्र प्राप्त गरेको दार्मा भलिवल संघका अध्यक्ष मदन देवकोटाले वताएका छन् ।
।