सल्यानको थारमारेमा १ दिने निशुल्क दन्त शिविर संचालन

२७ कार्तिक २०७८ /सन्तोष भण्डारी

सल्यानको थारमारेमा भएको एक दिने निशुल्क दन्त शिविरमा १ सय ६ जना दाँतका बिरामीहरुको चेक जाँच गरिएको छ ।

सल्यान श्रीनगरमा रहेका अधिकारी बन्धु पोलिक्निक द्धारा संचालित अधिकारी डेन्टल क्लिनिक प्रा.लिको आयोजना, बागचौर नगरपालिकाको सहकार्य र सल्यानी युवा संजाल बागचौर नगर कार्यसमितिको सहजिकरणमा संचालित निशुुल्क एक दिने दन्त शिविरमा दाँत किराले खाएको, दाँत दुख्ने, गीजाबाट रगत आउने, दाँतको सरसफाइको कमिले दाँतनै निकाल्नु पर्ने अवस्थाका बिरामीहरुको चेक जाँच गरिएको र परार्मश समेत दिएको हाइजेनिष्ट सुनिता श्रेष्ठले बताएकी छिन ।श्रेष्ठले शिविरमा दाँतका बिरामीहरुको डा.सुवास मेहताले चेक जाँच गर्नु भएको र शिविरमा आवश्यक औषधि समेत बिरामीलाई निशुल्क रुपमा बितरण गरिएको बताएकी छिन । उनले दाँतको जटिल समस्या भएका बिरामीहरुको शिविरमा उपचार गर्न सम्भव नभएकाले आफुहरुको सम्पर्कमा आउने बिरामीलाई ५० प्रतिशत छुटले उपचार गरिने बताएकी छिन ।

जनताको समस्यालाइ आफ्नै घरआगनमा समधान गर्न र स्थानिय सरकारको प्रत्याभुति गराउन आफुहरुले थारमारेमा शिविर संचालनको लागी सहकार्य गरेको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् । बढाथोकीले आगामी दिनहरुमा पनि यस्ता खाले शिविरहरु संचालन गर्दे जाने बताएका हुन । शिविरमा सहभागी बिरामीहरुले स्थानिय स्तरमै निशुल्क रुपमा दाँतको उपचार गर्न पाउँदा आफुहरु खुसी भएको बताउका थिय ।

प्रतिक्रिया दिनुहोस