२७ कार्तिक २०७८/बिमला बस्नेत
योङ्घ कम्युनिष्ट लिग वाइसियल नेपाल कपुरकोट गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
शुक्रवार कपुरकोटमा भएको तेस्रो गाउँ सम्मेलन बाट सुनिल श्रीसको अध्यक्षतामा ३५ सदसीय नयाँ कार्य समिति निर्वाचित भएको छ । जस्को उपाध्यक्षमा तुलाराम पुन,ज्ञानु राणा,केशब भण्डारी,गणेश बुढा, सुहिल बुढाथोकी, सचीव सोभाराम खडका्,सह सचिव प्रशान्त डीसी, कोषाध्यक्ष राहुल बिक रहेका छन् ।
वाइसियल कपुरकोटको तेस्रो गाउँ सम्मेलन उद्धघाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतले वाइसियल एउटा देश परिर्वतनको बलियो खम्बा भएको बताएका छन् । जनयुद्ध कालमा जनमुक्ती सेना भएर राज्य सत्ता परिर्वतनको लागी जिउज्यान बलिदान गर्न १० बर्ष सम्म युद्धमा होमीएका शक्तीको अर्को रुप वाइसीएल नेपाल भएको बताए । पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले युवाहरुको दस्ता वाइसियल लाई उत्पादन शिल र श्रमसंग जोडेर लैजादा समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्ने बताएका हुन ।
कार्यक्रमका बिशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय प्रतिनिधी परिषद सदस्य तिलक राज भण्डारीले सच्चा कम्युुनिष्ट आन्दोलनको लक्ष्यप्राप्तीका लागी क्रान्तीकारी माओवादी धाराका पाटीको एकताबद्ध आजको आवश्यक्ता भएको बताएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय पुर्व उपाध्यक्ष समेत रहेका भण्डारीले नागरिक र राजनितिक यात्रामा सफल भएका युवाहरुको टिम अर्थात वाइसियल लाई संगठित रुपमा समाज परिर्वतनमा लगाउन पाटीले भुमीका खेल्नुपर्ने बताएका छन् । उनिले समाजमा हुने गरेका बिकृति बिसंगतिको बिरुद्धमा वाइसियल लाग्नुपर्ने बताएका हुन ।
वाइसीएलको तेस्रो गाउँसम्मेलन सफलताको शुभकामना मन्तब्य राख्दै माओबादी केन्द्र सल्यान क्षेत्र न २ का इन्चार्ज चित्रबहादुर केसी (भाष्कर) सचिव सन्तोष राई, वाइसियल सल्यानका फ्याक्सन इन्चार्ज मान बहादुर मल्ल, वाइसियलका केन्द्रिय सदस्य सोभाराम भण्डारी,प्रकाश भण्डारी, सुरेन्द्र कवर, प्रतिभा वली, दिपेन्द्र वली, नेकपा माओबादी केन्द्र कपुरकोटका इन्चार्ज तिर्थराज बस्नेत, त्रिवेणी गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुमार थापा, कपुरकोट गाउँपालिका सचिव शेर बहादुर पुन लगाएतकाले माओबादी केन्द्रलाई जनतामुखी पाटी बनाउन सबै लागी पर्नु पर्ने बताएका हुन ।
वाइसियल नेपाल कपुरकोट तेस्रो गाउँसम्मेलन आयोजक समितिका संयोजक मिनेन्द्र सिर्पाइलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वाइसियल कपुरकोट गाउँपालिका इन्चार्ज पवन कार्कीले गरेका थिय भने , कार्यक्रममा बिभिन्न पाटी परित्याग गरि ५० जनाले माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र कपुरकोट गाउँपालिका अध्यक्ष प्रकाश भण्डारीले बताएका छन् ।