राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा बामदेव केसी निर्वाचित

२६ कार्तिक २०७८

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा बामदेव केसी निर्वाचित भएका छन् ।

 

सल्यान खलंगामा शुक्रवार भएको दोस्रो अधिवेशनबाट बामदेव केसीको अध्यक्षतामा १ पछि थप्ने गरी १२ सदस्यीय फोटो पत्रकार समूह गठन गरिएको हो ।जसको उपाध्यक्षमा अमृत बाबू बुढाथोकी र दिपेश ढकाल, सचिव जीवन यरी, सह सचिव प्रसिद्ध डाँगी र कोषाध्यक्षमा रिजन भण्डारी रहेका छन् ।यस्तै सदस्यहरूमा शिवराज केसी, सुदर्शन राई, नोखिराम डाँगी, मनोज रेग्मी र भरत मगर रहेका छन् ।अधिवेशनले प्रदेश प्रतिनिधिमा गणेश चन्द र खकेन्द्र केसीलाई निर्वाचित गरेको छ भने सल्लाहकारमा नवीन पौडेल, प्रतीक इच्छुक शर्मा, मिना बुढाथोकी र सुकदेव कसरालाइ राखेको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका संस्थापक अध्यक्ष गणेश चन्दको अध्यक्षता तथा संस्थापक कोषाध्यक्ष खकेन्द्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन अमृत बाबू बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस