२६कार्तिक २०७८
नेकपा एमाले सल्यानले पाटीको आसन्न दशौ राष्ट्रिय महाधिवेशनमा सर्वसम्वत प्रतिनिधि छनौटको लागी घनश्याम शर्माको संयोजकत्वमा पाँच सदस्यीय जिल्ला कमीटी गठन गर्ने निर्णय गरेको छ ।
बिहिवार सल्यानको खलंगामा बसेको पाटीको १२ औं वैठकले पार्टी परित्याग गरेका जिल्ला कमिटीका सदस्यहरुलाई निष्कासन गरेर आवस्यक्ता अनुसार जिल्ला कमिटीमा नयाँ सदस्य थप्ने र कार्तिक २१ र २२ गते कपुरकोटको सल्लेखोला र कालिमाटीमा भएको गाडी दुर्घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय समेत गरेको एमाले सल्यानका उपसचिव दानबहादुर केसीले बताएका छन् ।
नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुनको अध्यक्षतामा बसेको बैठकमा जिल्लाको १० वटै स्थानिय तहका पार्टी अध्यक्ष र ईञ्चार्जहरुले पार्टीको अहिलेको अवस्था बारे रिपोर्टीङ गरेका थिए भने प्रदेश कमिटीका सवै सदस्यहरु र केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गुलाबजंग शाहले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
बैठकको संचालन नेकपा एमाले सल्यानका उपसचिव दानबहादुर केसीले गरेका थिए ।