सल्यान कालिमाटी बाट दाङ जाँदै गरेको जिप दुर्घटना १ को मृत्यु, १८ जना घाइते

२२ कार्तिक २०७८

सल्यानको कालिमाटी बाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १८ जना यात्रु घाइते भएका छन् ।

सोमबार बिहान कालिमाटी गाउँपालिका ३ चौडी बाट दाङ तर्फ जाँदै गरेका भे १ ज ५२२ नम्बरको जिप दाङको बबई गाउँपालिका वडा नं.२ एक्लेबर पाथेटाकुरामा दुर्घटना हुदाँ गाडी मालिक सल्यान कालिमाटी गाउँपालिका ३ चौडिका ३२ बर्षीया देव बहादुर सुनारको मृत्युभएको प्रहरीले जनाएको छ ।
बिहान ९ वजे भएको घटनामा परि अन्य १८ जना यात्रु घाइते भएको प्रहरीको भनाई छ । घाइते यात्रुहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस