सल्यानको थारमारेमा चार दिने जनगणना तालिम सुरु

१३ कार्तिक २०७८
सल्यानको थारमारेमा बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम सुरु भएको छ ।
शनिवार देखी जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा भएको तालिमको उद्धघाट्न गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जनगणनाको राष्ट्रव्यापी महाअभियानबाट महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने बताएका छन्। संवृद्ध नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्याङ्क प्राप्त हुनेमा राष्ट्रिय जनगणनाको महत्वपुर्ण भुमिका रहने भन्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको बताए ।
कार्तिक १६ गतेसम्म सञ्चालन हुने तालीम सँगै कार्तिक १५ र १६ गते दुई दिने सुपरिवेक्षक तालीम पनि सञ्चालन हुने बागचौर नगरपालिकाले जनाएको छ । कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गणकहरू मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने समेत नगरपालिकालेजनाएको हो।
तालिममा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका ६८ जना गणकहरूको सहभागिता रहेको छ । कार्यक्रममा स्थानीय जनगणना अधिकारी टेक बहादुर डि।सी, इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल थापा, मुख्य प्रशिक्षकहरू शिक्षा शाखा प्रमुख टेक बहादुर डिसी, डा. पूर्ण बहादुर भण्डारी, चूडामणि के।सी, वीरेन्द्र प्रकाश डिसी , रविकिरण ओली लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस