बागचौर नगरपालिका वडानं. १२ को तेस्रो वडा अध्यक्षकप खेलकुद प्रतियोगीता उद्धघाटन

१२ कार्तिक २०७८÷ बिमला भण्डारी

सल्यानको बागचौर नगरपालिका वडानं. १२ ले तेस्रो वडा अध्यक्षकप खेलकुद प्रतियोगीता सुरु गरेको छ ।

शुक्रवार कार्यक्रमको उद्धघाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले खेल क्षेत्रमा बागचौर नगरपालिकाले पहिलेको भन्दा उल्लेखनिय रुपले प्रगति गर्दै आएको बताए ।उनले नगरभित्रका खेलाडीले सबै खाले प्रतियोगीता बाट बिभिन्न स्थान हाँसील गर्दा आफुहरुलाई समेत सकारात्मक प्रभाव परेर खेल क्षेत्रमा रकम बिनियोजन गर्न सहज भएको बताए । कार्यक्रमकमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नगरको समग्र बिकासको जग खेलकुद पनि भएकाले यसलाई नयाँ ढंग बाट बिकास गर्न सबै लाग्नु पर्ने बताएका हुन । उनले वडा नं. १२ ले समयमै खेलकुद प्रतियोगीता संचालन गरेर राम्रो काम गरेको बताए ।
यस्तै कार्यक्रमकी बिशिष्ट अतिथि बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले पछिल्लो समयमा खेलकुदको बिकास संगै महिलाहरुको सहभागीताले खेल जगतमा नयाँ उत्साह थप्दै गएको बताइन । उनले आफुहरु निर्वाचित भए यता नगरमा अन्य क्षेत्र संगै खेलकुदमा पनि सुधारात्मक प्रगति भैरहेको बताइन ।

दुर्गा सरस्वती माध्यामीक बिधालय बाँफुखोलाको प्राआगनमा भएको खेलकुद प्रतियोगिता सफल्ताको शुभकामना मन्तब्य राख्दै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा बागचौर नगरकमिटी सचिव,सेतिराम वली, नेपाली काँग्रेस वडा नं. १२ का सभापति टिकाराम वली, बागचौर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन खडका लगाएतकाले खेल क्षेत्र राष्टको सम्पती भएकाले त्यसलाई बिकास र संरक्षण गर्न सबै जिम्बेवार रहनु पर्ने बताए ।

बागचौर नगरपालिका वडानं. १२ का वडा अध्यक्ष दिपक वलीको अध्यक्षता,वडा सदस्य भिम प्रकाश वलीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम शनिवार सम्म चल्ने छ भने,उक्त कार्यक्रममा महिला पुरुष भलिवल प्रतियोगीता, बक्तृत्वकला प्रतियोगीता लगाएतका खेल संचालन गरिने वडा अध्यक्ष दिपक वलीले बताए । कार्यक्रमको संचालन वडा नं.१२ का वडा सदस्य तथा बागचौर नगरपालिका न्यायीक समिति सदस्य चित्रबहादुर वलीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस