११ कार्तिक २०७८ / सन्तोष भण्डारी
तरुण दल सल्यानका कोषाध्यक्ष सुवास जंग बस्नेतले खेलाडीको प्रोत्साहनका लागि जर्सी बितरण गरेका छन् ।
तरुनदलको ६८ औँ स्थापना दिबसको अबसर पारि कोषाध्यक्ष बस्नेतले बनगाड कुपिण्डे नगरपालिका १मा रहेको द- वान फुटबल क्लव लाई १६ थान जर्सी बितरण गरेका हुन ।क्लबका म्यानेजर मदन घर्तिलाइ जर्शी हस्तान्तरण गर्दै कोषाध्यक्ष बस्नेतले भातृ संगठनको स्थापना दिवसको अवसरमा आफुले ब्यक्तिगत रुपमा जर्सी बितरण गरेको बताउदै ।खेलाडीको प्रोत्साहन र हौसलाका लागि यस्ता कार्य जिल्ला भरनै आगामी दिनमा गर्दै जाने बताएका छन् ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा संघिय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार समेत रहेका बस्नेतले राजनीतिक परिवर्तनका लागि युवा हरुको महत्त्वपूर्ण भुमिका रहने बताउदै तरुणदल लाई जनताको मनमुटुमा बस्न सक्ने संगठन गराउन आफुहरु लागि परेको बताए ।