सल्यानमा डवल क्याप गाडी दुर्घटना, एकको मृत्यु ७ जना घाइते

७ कार्तिक २०७८
सल्यानमा भएको डवल क्याप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् ।

जिल्लाको थारमारेबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको भे १ त १८९० नम्बरको डवल क्याप दुर्घटनामा पर्दा बागचौर नगरपालिका वडा नंं.१ ठीनबाङ जिउलका १६ बर्षिया आशिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटनामा परि बागचौर नगरपालिका वडा नं. १ ठीनबाङ जिउलाका २२ बर्षिया मनोज बस्नेत,१४ बर्षिया आयुष बस्नेत, बागचौर नगरपालिका २ की २७ बर्षीया सिता वली, वडानं. १ की ३५ बर्षिया बविता रावल, उनका ११ बर्षिया छोरी एसिका रेउले ,बानपा २ का १९ बर्षिया अर्जुन केसी र बानपा २ कै गाडी चालक हिक्मत पुनमगर घाइते भएको प्रहरीले बताएको हो ।५ जना घाइतेहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा भैरहेको छ भने ३५ बर्षिया बविता रावल र १४ बर्षिया आशिष बस्नेतलाई नेपालगंज रिफर गरिएको उनका आफन्तले आफन्तहरुले बताएका छन् ।

आइतवार बिहान करिव साढे ७ बजे कपुरकोट गाउँपालिका ३ मुलपानी बनस्पती उधान नजिकैको खोलामा डवल क्याप दुर्घटना भएको हो । गाडी सडक बाट करिव १ सय मिटर तल पुगेको र घटनाको कारण खुल्न नसकेपनि अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस