५ कार्तिक २०७८
सल्यानमा एक बिधालयका प्रधानाध्यापकले राज्य बाट प्रप्तहुने प्र.अ भत्ता नलिने घोषणा गरेका छन् ।
जिल्लाको शिद्धकुमाख गाउँपालिका अन्तरर्गत ढोरचौरमा रहेको निराजन माध्यामिक बिधालयका प्रअ धर्मराज घर्तीले आफुले राज्यबाट पाउदै आएको प्रअ भत्ता बापतको रकम नलिएर, निराजन माबि आत्मनिर्भर कोषमा जम्मा गर्ने बताएका हुन ।
आर्थिक समस्याले गर्दा बिधालयले बनाउने शैक्षिक सुधारका कार्यक्रममा समेत बाधा पु्ग्दै आएको भन्दै, बिधालयलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन र स्रोत साधन युक्त बिधालय बनाउने उद्धेश्यले आफुले उक्त रकम नलिएर, बिधालयको कोषमा जम्मा गर्ने बताएका हुन ।प्रअ घर्तीले निराजन माबि आत्मनिर्भर कोषलाई ठुलो बनाउँन बिधालय, संघसंस्था,समाजसेवी, शिक्षा प्रेमी लगाएत सरोकारवाला निकायलाई,सहयोग गरी लाखौ बिधार्थीको भबिष्य उज्वल बनाउने पुनित कार्यमा सहभागी हुन आग्रह गरेका छन् ।
बिधालयको आत्मनिर्भर कोष बिधालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानध्यापक र लेखापालको संयुक्त नाममा संचालन गरिने र उक्त कोषमा जम्मा भएको रकमको ब्याज बाट बिधालय आन्तरिक स्रोतका शिक्षकको तलव भत्ता र बिधालयको आवश्यक कामकाजमा खर्च गरिने प्रअ घर्तीले बताएका छन् ।