४ कार्तिक २०७८
आइतवार देखी बुधवार सम्म परेको अबिरल बर्षातले सल्यानका किसानहरुको धान बालिमा क्षति पु¥याएको छ ।
४ दिन सम्म परेको वर्षातले जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानमा क्षती पुगेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । बर्षाले धान वालीमा पु¥याएको क्षतीको अनुमानित विवरण कार्यालयले सार्वजनिक गर्दै जिल्लामा ४४ दशमलव ५० प्रतिशत धान काट्न बाँकी रहेको जनाएको छ ।
सल्यानमा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा हाल सम्म २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको कृर्षी बिकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताएका छन् । उनका अनुुसार यो बर्ष जिल्लाभर ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको,तर बर्षातका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षती भएपछि किसान समस्यामा परेको बताए ।
उनका अनुसार जिल्लाको शिद्धकुमाख गाउँपालिकामा सबै भन्दा बढी र कपुरकोट गाउँपालिकामा सबै भन्दा कम क्षति भएको बताए,यस्तै हाल सम्म सबैभन्दा धेरै दार्मा गाउँपालिकामा धान भित्र्याइएको पाइएको छ भने कम बनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकामा रहेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा सबै भन्दा धेरै धान काट्न बाँकी रहेको छ भने सबैभन्दा कम कालिमाटी गाउँपालिकामा रहेको प्रमुख आर्चायले बताए ।
८ हजार ६ सय १० मेट्रिक टन धान किसानले भित्र्याइ सकेका छन् भने १३ हजार ३ सय ७४ मेट्रिक टन धान काट्न बाँकी रहेको छ ।
। जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान खेती गर्दै आएको र धान भित्र्याउने समयमा परेको बर्षाका कारण धान कुहिने समस्याले यस बर्ष धान उत्पादन घट्ने आर्चायले बताएका छन ।बिहिवार देखी मौसममा सुधार आएपछि जिल्लाका किसानहरु भिजेको धान ब्यवस्थापनमा लागेका छन् ।