३ कार्तिक २०७८
सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिले चिसापानिका ४७ बर्षिय कबिराम खड्काले आफ्नै ४२ बर्षिया श्रीमती कली खड्काको धारिलो हतियार बसुलो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।मंगलवार राति करिव साढे १० वजे तिर खड्काले धारिलो हतियार बसुलालेले श्रीमतीको टाउको र घाँटीमा प्रहार गरि हत्या गरेको कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।
श्रीमानले दैनिकजसो मदिरा सेवन गर्ने गरेको स्थानियले बताएका छन् । मदिराकै कारण दैनिक जसो घरायसी बिबाद हुदैँ आएको तर घटना हुनुको दिनमा मदिरा सेवन नगरेको उनिहरुको भनाई छ ।
प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रण लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।