२३ असोज २०७८
एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगरको आयोजनमा शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन गरिएको छ ।
दशै तिहार र छठ पर्व २०७८ को अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्रका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले समाज परिर्वतनमा शिक्षकको सबै भन्दा महत्वपुुर्ण भुुमिका रहदै आएको बताएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले अखिल नेपाल शिक्षक संगठन शैक्षिक जगतको एउटा जुझारु शक्ति भएको बताएका छन् । उनले सम्पुर्ण शिक्षक हरुलाई बडा दशै र शुुभदिपावलीको शुभकामना ब्यक्त गरेका थिय ।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुन, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पुर्व केन्द्रीय अध्यक्ष रत्न बहादुर वली, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, टिकाराम वली, बागचौर नगर अध्यक्ष लोकमान बुढाथोकी लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा अन्य बिभिन्न संगठन परित्याग गरी १७ जना शिक्षकहरु आफ्नो संगठनमा आबद्ध भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमीटी अध्यक्ष रबिकिरण वलीले बताएका छन्। उनले बाहीरी जिल्ला बाट सरुवा भएर आएका १४ जना शिक्षकहरुलाई स्वागत समेत गरिएको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटी अध्यक्ष रबिकिरण वलीको सभाअध्यक्षता तथा उपाध्यक्ष रमन कुमार गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव बिरेन्द्र प्रकाश डिसीले गरेका थिए ।