चाडपर्वको अवसरमा बजार सरसफाई

२२ असोज २०७८ ÷सन्तोष भण्डारी

सल्यानका बिभिन्न बजारहरुमा सरसफाई गरिएको छ ।


बडा दशै, शभदिपावली तथा छट पर्वको अबसरमा जिल्लाका दश वटै स्थानिय तहमा पर्ने सम्पुर्ण वजारहरु सरसफाइ गरिएको सल्यान उधोग बाणीज्य संघ सल्यानले जनाएको छ ।चाड पर्वको अबसरमा सरसफाई लाई मध्यनजर गर्दै जिल्लाका  प्रमुख ब्यापारिक केन्द्र श्रीनगर, थारमारे, कपुरकोट, लुहाम, ढोरचौर, सल्लीवजार, फारुलाचौर,मौलोहाले, रागेचौर लगाएत दर्जन बढी बजारमा सरसफाई गरिएको सल्यान उधोग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीले बताए । स्वच्छ सफा शहर, उधोग बाणिज्य संघको रहर भन्ने मुल नारा सहित सल्यान उधोग बाणिज्य संघको आयोजनामा भएको बजार सरसफाई कार्यक्रममा सम्पुर्ण, ब्यापारी, बुद्धिजिबि, सुरक्षाकर्मी लगाएत अन्य क्षेत्रका मानिसको उपस्थिति रहेको अध्यक्ष बुढाथोकीले बताए । उनले आफुहरुले यस्ता खाले जनचेतना फैलाउने खाले कार्यक्रमहरु निरन्तर रुपमा गर्ने बताएका छन् ।

सल्यान उधोग बाणिज्य संघले, जिल्लाका सम्पुर्ण बजारहरुमा जथाभाबि रुपमा फोहर नफाल्न आग्रह गर्दै, फोहर लाई उचित ब्यवस्थापनको लागी स्थानिय सरकार लाई समेत तदारुक्ता देखाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस