बागचौर नगरपालिका ३ रातपहरा र थाराचौर बस्तीमा बिधुत बल्यो

२१ असोज २०७८

सल्यानको बागचौर नगरपालिका –३ रातपहरा र थाराचौरमा बिजुली बलेपछि स्थानियहरु खुसी भएका छन्।

बिहिबार बिधुतको उद्धघाटन् गर्दै प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले प्रत्येक सल्यानी जनताको घरघरमा बिधुत बाल्नको लागी आफु लागी परेको बताए । पछिल्लो समयमा सल्यानका अधिकांश गाउँ बस्तीमा बिधुत पगी सकेको र बाँकीमा छिटै पुु¥याउने गरी काम अगाडी बढाएको बताए । पुुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले भौतिक बिकासलाई मात्र सबै थोक नसम्झेर चेतनाको बिकासमा गर्न समेत सबैलाई आग्रह गरे ।
कार्यक्रमका बिशिष्ट अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुुढाथोकीले आफ्नो नगरका धेरै भुभागमा बिधुत बाल्ने बातावरण तयार गरेकोमा संघिय सरकारलाई धन्यवाद दिएका थिय । नगर प्रमुख बुढाथोकीले समग्र नगरको बिकासमा सबै तहका सरकार र नगरवासीको साथ सहयोग रहन आबश्यक रहेको बताए ।
स्थानिय खीमराज डीसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओबादि केन्द्रका नेताहरु हरिलाल डाँगी,सोभाराम भण्डारी,जनकल्यान नमुना मा.बि थारमारेका प्रअ पूर्णबहादुर भण्डारी, अधिबक्ता इन्द्र भण्डारी, बागचौर नगरपालिका कार्यपालिका सदस्य पुष्पा कुमारी डीसी, वडा सदस्य खुमलाल भण्डारी, माबि खोरबारेका प्रअ रुपलाल भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।

वैकल्पिक ऊर्जाको भरमा बस्न बाध्य स्थानीयवासी घरघरमा बिजुली बलेपछि खुसी भएका छन् । रातपहराका र थाराचौरका १ सय ५० भन्दा धेरै घरधुरीमा विद्युतीकरण गरिएको बागचौर नगरपालिका सल्यानले जनाएको छ ।

दैनिक कामकाज र बालबालिकालाई अध्ययनका लागि बिजुली निकै प्रभावकारी हुने भन्दै, आफ्नो गाउँमा बिधुत पुगेकोमा आपुहरु खुसी भएको स्थानिय बासीन्दाहरुले बताए,बागचौर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन स्थानिय ओपेन्द्र भण्डारी गरेका थिय ।

प्रतिक्रिया दिनुहोस