सहकारी ब्यवस्थापनका लागी सात दिने लेखापाल तालिम बागचौरमा सुरु

२० असोज २०७८

सल्यानको बागचौर नगरपालिकामा सात दिने सहकारी ब्यवस्थापन सम्बन्धि लेखा तालिम सुरु भएको छ ।
नगरपालिका भित्र दर्ता गरेर संचालनमा ल्याएका २९ वटा सहकारी संस्थाका पदाधिकारी तथा ब्यवस्थापकहरुको सहभागीतामा सात दिन सम्म संचालन हुन लागीरहेको तालिमको मंगलवार उद्धघाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले सहकारी लाई ब्यवस्थापन गर्नमा उक्त तालिमको महत्वपुर्ण भुमिका रहने बताएका छन् । सहकारी संंस्थाहरुलाई कुसल ढंगले संचालन गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै, तालिमको सिकाईलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई अनुरोध गरेका थिय । प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नगर भित्रका सहकारी क्षेत्रको विकासका लागि आफुहरुले सके सम्मको सहयोग गर्ने बताएका छन् ।
बागचौर नगरपालिकाका योजना शाखा प्रमुख पुर्णबहादुर वलीको स्वागत मन्तब्य बाट सुरु भएको तालिम उद्धघाटन कार्यक्रममा बागचौर नगरपालिकाकी , उपप्रमुख कल्पना पुन, निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमाल, प्रशिक्षकहरु राजु केसी र ललित राज भण्डारी, सहकारी शाखा प्रमुख हेमन्त बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
सात दिन सम्म संचालन हुने सहकारी ब्यवस्थापनका लागी लेखापाल तालिमको उद्धघाटनको संचालन बागचौर नगरपालिका सामाजिक शाखा प्रमुख डिल्ली बहादुर घर्तिले गरेका थिय ।
प्रतिक्रिया दिनुहोस