चाडपर्वको आगमन संगै स्थानिय बजार अनुगमन गर्दै बागचौर नगरपालिका

१९ असोज २०७८

सल्यानको बागचौर नगरपालिकाले स्थानिय बजार अनुगमन लाई तिब्रता दिएको छ ।

आउदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै नगरका बिभिन्न ब्यापारिक वजारहरुमा अनुगमन गरेको हो ।
सोमबार वडानं. १ को कालाखेत, २ को खरिवोट लगाएतका बजारमा गरेको अनुगमन बाट बिभिन्न अखाध्य बस्तु तथा मिति नाघेका दैनिक उपभोग्य सामानहरु गरी करिव साढे ६ हजार बरावरको सामान हरु नस्ट गरेको छ ।

बागचौर नगरपालिकाले दशै तिहारको अवसरमा सामान खरिद गर्दा राम्रो संग सामानको मिति हेरेर मात्र खरिद गर्न र मिति नाघेको सामान बेचेको पाएमा नजिकैको प्रहरी कार्यलय वा बागचौर नगरपालिकालाई खबर गर्न सबै नगरबासी लाई अनुरोध गरेको छ ।

बागचौर नगरपालिकाका योजना शाखा प्रमुख पूर्णबहादुर वलीको नेतूत्वमा,भएको बजार अनुगमनमा, इलाका प्रशासन कार्यालय बागचौर ,इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख तथा प्रतिनिधी, पत्रकार, नागरीक समाज लगाएत बिभिन्न सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस