संसदीय प्रणालीले जनताको समस्या हल हुुदैन : हेमन्त प्रकाश वली ‘सुदर्शन’

असोज १८, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ले यो संसदीय प्रणालीले जनताको समस्या हल नहुने बताएका छन ।
नेकपा सल्यानले सोमबार बरलामा गरेको स्वागत कार्यक्रममा बोल्दै नेता सुदर्शनले आजको समस्या अधिकारको नभएर पुजिँवाद भएको बताएका हुन् ।

उनले भने, ‘संसदीय प्रणाली भनेको दलाल पुँजीवादी हो । जनताको समस्या यो संसदीय प्रणालीले हल गर्न सक्दैनन् ।’ संसदीय व्यवस्थामा सबैभन्दा बढी क्रुपता भएको बताउँदै उनले साम, नाम दण्डभेद गरेर जनप्रतिनिधिहरुले नै चुनाव जित्ने गरेको बताए ।

करोडौं हुनेले मात्रै चुनाव जित्ने तर गरिब जनताको छोराछोरीले चुनाव लड्नेसम्मको आँट गर्न नसक्ने अवस्था भएको उनको भनाइ छ । उनले अबको विकल्प भनेको वैज्ञानीक समाजवाद भएको बताए । उनले भने, ‘अब कुन चाँहि व्यवस्था सहि हो जनतामा जान दिउँ ।’
्त्यस्तै उनले शान्तिपुर्ण ढंगबाट व्यवस्थाको कुरा गर्दा राज्यबाट नै सुरुमा बन्दुक उठ्ने गरेको बताए । उनले भने, ‘सुरुमा हामीले कहिल्य पनि हतियार उठाएका छैनौं । तर राज्यबाट नै सुरुमा हतियार उठ्छ ।’ राज्यले उठाएको हतियारको जवाफ दिन प्रतिक्रान्ति गर्नुपर्ने अवस्था हुने गरेको उनले बताए ।

सरकार र आफ्नो पार्टीबीच भएको ३ बुँदे सहमतिलाइ अहिलेको सरकारले कार्यनवय नगरेको उनले बताए । अझै पनि सरकारले त्यसलाइ कार्यनवय नगरे आफुहरुले त्यसैलाइ हतियार बनाएर संघर्षमा होमिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस