१७ असोज , सल्यान
नेपाली काँग्रेस दार्माको १४ औ गाउँपालिका अधिवेशन बाट निर्वाचित कार्यसमिति लाई सपथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै सभापति चन्दले सल्यान काँग्रेसले कस्तो रुप लिने अवको नेतृत्व चयन बाट थाहा हुने भएकाले त्यो भन्दा अगाडिनै पाटीका सहि नेतालाई बिजयी गराउन आफ्न मतदाताहरुलाई अनुरोध गरे ।उनले आगामी दिनमा सल्यान जिल्ला लाई काँग्रेसमय गराउन अहिलेको १४ औ जिल्ला अधिवेशन एउटा महत्त्वपूर्ण खुट्किला भएको बताएका छन् । दस बर्षे द्वन्द्वकालले काँग्रेस लाई कम्जोर अवस्थामा लिएको र त्यसलाई सुधार गरि अरुले समेत आस गर्न सक्ने पाटी गराउन आफू कटिबद्ध भएर लागि परेको र आगामी दिनमा समेत लागि पर्ने चन्दले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चन्दले पाटीलाई पुर्ण ब्यवस्थित बनाएर लैजाना नेता कार्यकर्ता देखि शुभचिन्तक सबैलाई आग्रह गरेका थिय ।
शनिबार भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सदस्य रामचन्द्र केसीले दार्मामा सफल काँग्रेस बनाउने अभियानमा आफुहरु लागि परेको बताएका छन् । पाटीमा ब्यक्तिबादी प्रवृत्ति हटाएर सिंगो काँग्रेसको भलो हुने कार्य गर्ने प्रयत्नका साथ सबै लागि पर्नु पर्ने आवश्यक रहेको उनिले बताए । पाटीका जिल्ला पुर्व सहसचिव समेत रहेका केसीले एकपटक दार्मा गाउँपालिका लाई काँग्रेसमय बनाउन गुटगत राजनीति नगरेर पाटीगत राजनीतिमा होमिने बताएका छन् ।
यस्तै नेपाली काँग्रेस सल्यानका नेता सुरेश चन्दले पुस्ता हस्तान्तरणले पाटीलाई गतिशील बनाउन सक्ने बताएका छन् । उनले कम्युनिस्टहरुले बढी झुटो बोल्ने तर देशको लागि केहिपनी गर्न नसक्ने भएकाले,देशको समृद्धिको लागि काँग्रेशनै सहि पाटी भएको बताएका हुन । कार्यक्रममा बोल्दै चन्दले नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत सल्यान जिल्लाको अधिवेशनमा धुर्वराज पुरीको नेतृत्वमा आफूले सल्यान क्षेत्र नं।१ सभापतिको पदमा उम्मेदवारी दिएको र आफुलाई भारीमतले बिजयी गराउन दर्माली काँग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेका थिय ।
१४ औ गाउँ अधिवेशन बाट निर्वाचित काँग्रेस दार्मा गाउँपालीका सभापति कृष्ण बहादुर वलीले आफ्नो कार्यकालमा दार्मालाई काँग्रेसमय गराउने बताए ।उनले ब्यक्तिगत स्वार्थ बाट माथी उठेर पाटीको लागि आफू लगाएतको टिम लागि पर्ने बताए ।
फारुलामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य टेकबहादुर शाह,आइतु वली,महाधिवेशन प्रतिनिधि कृष्ण बुढाथोकी,कालिमाटी गाउँकार्य समितिका सभापति गणेश केसी,नेपाल शिक्षक संघका जिल्ला उपसभापति भक्तवहादुर चन्द,कर्णाली प्रदेश सदस्य सेरबहादुर चन्द,निर्वाचन अधिकृत प्रेम चन्द र नेविसंघका महाधिवेशन प्रतिनिधि रमेश केसीले नयाँ नेतृत्व लाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार कुलवहादुर वलीले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिय भने अन्यपाटी परित्याग गरी करीब आधा दर्जनले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस दार्माका सभापति कृष्णबहादुर वलीले जानकारी दिए ।
कार्यक्रममा सम्पुर्ण निर्वाचित पदाधिकारीलाई सपथका साथ प्रमाणपत्र बितरण गरिएको थियो ।