सल्यानमा माइती जान्छु भनेर निस्किएकी महिला मृत अवस्थामा फेला

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको बागचौर नगरपालिका–२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिवार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब साढे चार बजे माइती जान्छु भनेर घर बाट निस्किएको र घर देखि करिब एक किलोमीटरको दुरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिएका छन ।

घटना संकास्पद हुन सक्ने भन्दै अनुसान्धानका लागी कोहलपुरबाट तालीमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले बताए।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस