एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्माको संयोजकमा कवि कुमार चन्द

१७ असोज २०७८

शनिबार फारुलामा भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको दार्मा प्रथम गाउँपरिषद बाट कविकुमार चन्द संयोजक रहेको ८१ सदस्यीय दार्मा गाउँपरिषद चयन गरिएको छ ।

 

प्रथम गाउँ परिषद उद्घाटन सत्रमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला सचीव निमवहादुर केसी ( अरुण ) ले अहिलेको पाठ्यक्रमलाई परिमार्जन गरि आधुनिक र व्यबहारिक शिक्षा पद्धति लागु गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । पछिल्लो समयमा आधुनिक र ब्यवाहारीक शिक्षाको कमीले देशमा बेरोजगारको संख्यामा उल्लेखनीय रुपमा कमि न आएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले एकीकृत अखिल नेपाल शिक्षक संगठ एउटा फरक किसिमको इतिहास बोकेको शक्ति भएको बताएका छन् ।समाज परिवर्तनमा जनयुद्ध कालदेखी हाल सम्म जुझारु रुपमा लागि परेको र अझै पनि समाजवाद सम्म देशलाई लैजाने यात्रामा कटिबद्ध भएर लाग्नेमा कुनै दुबिधा नभएको बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका संस्थापक जिल्ला अध्यक्ष कमल चन्दले आफ्नो संगठ परिवर्तनको पक्षधरता भएको बताएका छन् ।उनले पहिलेको शैक्षिक अवस्था रअहिलेको शैक्षिक अवस्थामा केही फरक भएकाले समयसापेक्ष अनुसार अगाडि बढ्न  शिक्षकहरुलाई आग्रह गरेका थिए ।यस्तै कार्यक्रमका बिशिस्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सहसचिव रविकिरण वलीले अहिलेका शिक्षक र शिक्षण संस्थाहरु प्रविधि मैत्री हुनुपर्नेमा जोड दिएका थिय। उनले अहिलेको परिवर्तन लाई संस्थागत गर्न र शिक्षक संगठनको अस्तित्व लाई उच्च राख्नको लागि पनि समाजवादी शिक्षा नीति निर्माण गरि लागू गर्नु पर्ने आवश्यकता रहेको बताए ।संगठनका बागचौर नगर संयोजक समेत रहेका वलीले शिक्षकहरुको वर्गीय पक्षधरता सहित पेशागत हकहित लागि आफुहरु लागे जस्तै सबै एकताबद्ध भएर लाग्न आग्रह गरेका थिय ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार समिति सदस्य हेमन्त प्रकाश वली, जिल्ला समन्वय समिति देविन्द्र चन्द,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य अनन्त प्रशाद शर्मा,एकीकृत अखिल नेपाल शिक्षक संगठनका कर्णाली प्रदेश सदस्य सुसिला वली,नेकपा माओवादी केन्द्र दार्माका अध्यक्ष चन्द्र बहादुर रावत( प्रकाश) माओवादी केन्द्र दार्माका नेताहरु रामवहादुर केसी,सेतिराम रोकाय,दुर्गा मल्ल,डिल्ली केसी लगाएतको उपस्थिती रहेको थियो भने पाटीका विभिन्न तहका नेता र जनबर्गिय संगठनका नेताले परिषद सफलताको शुभकामना मन्तव्य राखेका थिय ।

 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानका अर्थसचिव मनबिर केसीले संगठनको दार्मा गाउँपालिका भित्रको शैक्षिक गतिविधि र आगामी रणनीति समेटीएको प्रतिवेदन पेश गरेका थिय । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन परित्याग गरि हरिहर शर्मा,सत्या आर्सी,ओपेन्द्र अधिकारी र नेपाल शिक्षक संघकी आशा चन्द एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस