सल्यानमा जिपको ठक्कर बाट २ जना स्कुले बिद्यार्थीको मृत्यु हुँदा राप्ती राजमार्गको यातायात अबरुद्ध भएको छ ।
शुक्रबार बिहान थारमारे बाट सल्यान खलंगा तर्फ जाँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिदा घाइते भएका पाँच जना मध्य २ जना बिद्यार्थीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेहरुमा जिल्लाको शारदा नगरपालिका वडा नं.६ कि अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकि १८ बर्षिया सुनिता नेपालीको रहेको सल्यान प्रहरीले जनाएको छ । शिवजन मावि शितलपाटी बाट पढाई सकेर घर तर्फ फर्कदै गर्दा शारदा नगरपालिका वडा नं.२ बाङ्गेसल्लामा जिपले ठक्कर दिदा वडा नं.६ कि अन्दाजी बर्ष १६ की शुसिला नेपाली,बर्ष १८ कि मिना परियार र अन्दाजी बर्ष १८ की दिपा बुढाथोकी घाइते भएका हुन ।घाइतेहरुको अबस्था गम्भीर भएपछि उपचारको लागी नेपालगन्ज लिएको घाइतेका आफन्तहरुले बताएका छन् ।

जिप ओभर स्पिडका कारण विद्यार्थी लाई ठक्कर दिएर सडक देखि करिव १० मिटर तल खसेको छ । जिपले सडकको छेउमा सल्लाको छहारीमा बसेका बिद्यार्थीहरुलाई ठक्कर दिएकाे प्रत्येक्ष दर्शिहरुको भनाई रहेको छ । जिपको ठक्कर बाट पाँचै जना छात्राहरुको छाति, अनुहार, हात-खुट्टालगायत शरीरका बिभन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना स्थलको अवस्था तनावग्रस्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बाक्लो रुपमा परिचालन गरिएको छ ।
अहिले आक्रोशित स्थानीयले मृतकका आफन्तले क्षतिपूर्ति र घाइतेले उपचार सहित न्याय पाउनु पर्ने भन्दै राप्ती राजमार्गको श्रीनगर बरला खण्ड पुर्ण रुपले अबरुद्ध गरेका छन् । उक्त क्षेत्रमा दर्जनौ ठुला साना गाडीहरु ठप्प भएका छन् ।