बनगाड कुपिण्डे नगरपालिकाको नवौं नगर सभा सम्पन्न

१४ असोज २०७८

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले ९ औ नगरसभाबाट ७४ करोड २९ लाख बढी रकम सार्वजनिक गरेको छ ।

बुधबार भएको नगरसभामा २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोबिन्द पुनले आफुहरुले ढिलै भएपनी जनतामुखी बजेट ल्याएको बताएका छन् । बनगाड कुपिण्डे नगरपालिका भौगोलिक रुपमा बिकट भएपनी पर्यटकीय प्रवर्द्धनको हिसावले संभावना बोकेको नगरपालिका भएकाले पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रम लागू गर्न बजेट बिनियोज गरिएको,जनताका आधारभुत समस्याहरु शिक्षा,स्वास्थ्य,सडक,खानेपानी,बिधुत लगाएतका अन्य क्षेत्रमा पनि बजेट बिनियोजन गरिएको बताएका छन् ।उनले समग्र नगरको बिकासको लागि सबैले आ आफ्नो क्षेत्र बाट साथ सहयोग गर्नु पर्ने बताएका हुन् । ९ औ नगर सभामा २०७८/०७९ को लागि बजेट पेश गर्दै बनगाड कुपिण्डे नगरपालिकाकी उपप्रमुख मन्जु यरीले, चालू आर्थिक बर्षका लागी बिकासे बजेट संगै लक्षित बर्गलाई सम्बोधन गर्ने खालका विभिन्न कार्यक्रम ल्याएको बताइन् । उनले पहिलेका बर्षहरुमा समेट्न नसकिएका कार्यक्रमहरु पनि यो आर्थिक बर्षमा ल्याएको बताइन ।

नगरपालिकाले चालू बजेट तर्फ ६० प्रतिशत र पूंजीगत तर्फ ४० प्रतिसत बजेट ल्याएको नगरपालिकाका लेखा अधिकृत दिनेश भण्डारीले बताए । उनले नगर सभाबाट ७४ करोड २९ लाख २५ हजार कुल बजेट पारित गरिएको र त्यस मध्य विभिन्न शिर्षकमा बजेट पास गरीएको अधिकृत भण्डारीले बताए । राजनीतिक बिवादका कारण केही महिना हुन नसकेको नगर सभाले गर्दा नगरबासीमा केही नकारात्मक प्रभाव बढे पनि अब भने कामलाई तिब्रताका साथ अगाडि बढाउन आफुहरु लागि पर्ने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले बताएका छन् ।रेग्मीले आफुहरुले जति सक्यो छिटै काम सम्झौता प्रक्रिया अगाडि बढाएर कार्यन्वयनमा जाने बताएका हुन ।

कार्यक्रममा अन्य ब्यक्तिहरुले नगरसभा सफलताको लागि शुभकामना मन्तव्य राखेका थिय भने ९ नौ नगर सभाको सहजीकरण नगरपालिकाका योजना शाखा अधिकृत धर्मराज ढकालले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस