प्रहरीले थारमारे बजारमा स्थापना गर्‍यो यात्रु सहायता कक्ष

१३ असोज २०७८/सन्तोष भण्डारी

चाड पर्वमा हुने घटना लाई न्यूनीकरण गर्नको लागी थारमारे बजारमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

इलाका प्रहरी कार्यालय थारमारे र अस्थायी ट्राफिक पोस्ट थारमारेले स्थापना गरेको सहायता कक्षको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले चाडपर्वमा हुने घटना लाई न्यूनीकरण गर्नको लागि थारमारे पहरीले गरेको कार्य सकारात्मक भएको बताएका छन् । चाड पर्वमा भिडभाड हुनुका साथै विभिन्न किसिमका घटना घट्ने सम्भावना भएकाले त्यसको न्यूनीकरणमा नेपाल प्रहरीको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । नगर प्रमुख बुढाथोकीले थारमारे बजारमा स्थापना गरिएको सहायता कक्ष यात्रुमुखी र नागरीक मुखी बनाउन इलाका प्रहरी कार्यालय थारमारेलाई अनुरोध गरेका छन् । उनले सवारी साधनमा अफ्ट्यारो परेका यात्रु र अफ्ट्यारो परेका नागरिकलाई यात्रु सहायता कक्ष र नागरिक सहायता कक्षामा सम्पर्क राख्न अनुरोध गरेका थिय ।

उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नं२ वडा अध्यक्ष टोपबहादुर डाँगी,इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख सुशील थापा मगर,अस्थायी ट्राफिक पोस्ट थारमारेका निमित्त प्रमुख चित्र बहादुर भण्डारी यातायात कर्मी,बजार बासी लगाएत सर्व साधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस