१५ औ विश्व रेविज दिवस आज सल्यानमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र शाहीद नेत्रलाल बहु प्राविधिक बिधालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले रेबिज विरुद्धको खोप लगाउनले शतप्रतिशत सुरक्षित रहने बताएका छन् ।उनले रेबिजको खोप नलगाए मृत्यु अनिवार्य भएकाले बेलैमा सचेत रहेर खोप लगाउन आग्रह गरेका हुन । प्रमुख उपाध्यायले स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षित राख्न सामुदायिक, र घरपालुवा जनावरलाई खोप लगाउन सचेतनाको साथ पहल गर्नु पर्ने बताएका छन् ।उनले रेविज खोप नेपालमै बन्ने भएकाले लगाउन समेत त्यति अफ्ट्यारो नहुने बताएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै पशु चिकित्सक बालकृष्ण पाण्डेले रेविज एक प्रकारको प्राणघातक भाइरस भएको र रेबिज रोग संक्रमीत कुकुरको टोकाइबाट सर्ने भएकाले,घरपालुवा कुकुर,बिरालो लगाएतका जनावरलाई रेबिज बिरुद्धको खोप लगाउनु पर्ने बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले रेबिज रोग बाट बच्न खोपको व्यवस्था भएपनि लार्पवाही गर्दा ज्यान जान सक्ने बत्ताएका छन् । उनीहरूले रेबिज रोगको लक्षण देखिएमा उपचार सम्भव नहुने भएकाले सबै बेलैमा सजक र सचेत बन्नु पर्ने बताएका छन् ।
रेबिज रोग,सङ्क्रमित कुकुरको टोकाइबाट सर्ने गरेकोले घरपालुवा कुकुर,बिरालो लगायतका जनावरलाई रेबिज विरुद्धको खोप लगाउनु पर्ने बताए । तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस’ सल्यानमा मनाइएको छ । रेबिज जङ्गली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्र्याइँ गर्न नहुने सन्देश सहित सल्यानमा प्रभात फेरीको आयोजना गरी दिवस मनाइएको हो । १५ औ बिश्व रेबिज दिवस जिल्लाका अन्य स्थानीय तह र सरोकारवाला निकायले समेत मनाएका छ्न ।