डेभलपमेन्ट सोसाइटी नेपालको छैटौं साधारण सभामा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले संघ संस्थाहरुलाई स्थानीय सरकार संग समन्वय गर्न आग्रह गरेका छन् ।
शुक्रवार सल्यान खलंगामा भएको संस्थाको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले हाल सम्म शारदा नगरपालिकामा थोरै मात्र संस्थाहरुले समन्वय गरेर कार्यक्रम संचालन गरेको बताए । जिल्लामा कुन स्थानीय तहमा आफू अनुकूलका जनप्रतिनिधिहरु छन् त्यही हेरेर काम गर्ने प्रथा ब्याप्त छ त्यसको अन्त्य गर्न जरुरी रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारीले डेभलपमेन्ट सोसाइटीले शारदा नगरपालिका संग समन्वय गरेर सामी परियोजना संचालन गर्दै आएको र उक्त परियोजनाको प्रभावकारीता बढ्दै गएको बताए ।
कार्यक्रमका बिशिस्ट अतिथि नेपाल वार यसोशियसन सल्यानका अध्यक्ष चन्द्र प्रकाश वलीले डेभलपमेन्ट सोसाइटीले सल्यानमा मात्र नभएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा समेत प्रभावकारी ढंगले काम गर्दै आएको कुराले आफू खुसी भएको बताए ।उनले संस्थाले लघु उधम,वैदेशिक रोजगार लगाएतका क्षेत्रमा काम गर्दै आएको र कानुनी पाटोमा समेत संस्थाको कार्यक्षेत्र परेकाले बार यसोशियसन बाट आफुहरुले कानुनी सहयोग दिन तयार रहेको बताएका थिय । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संस्थाको विधि बिधानमा रहेर समाज परिवर्तन,सुशासन,बिकास,जनचेतनामूलक कार्यक्रम लगाएतका क्षेत्रमा सक्रियताका साथ काम गर्न अनुरोध गरे ।
डेभलपमेन्ट सोसाइटीका प्रमुख बिमल गौतमले संस्थाले गरेका हाल सम्मका काम र त्यसको प्रभावकारीता र संस्थाको आयव्यय र आगामी दिनमा गर्ने काम कर्तव्यको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिय । यस्तै संस्थाका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले डेभलपमेन्ट सोसाइटीले हाल सम्म गरेका कामको परिणाम सकारात्मक आएको बताए ।उनले सस्थाले सल्यान, दाङ,रुकुम र सुर्खेतमा विभिन्न कार्यक्रम गर्दै आएको बताउदै सल्यान जिल्लाका चार स्थानिय तहमा सुरक्षीत आप्रवासनका लागि ( सामी ) परियोजना संचालन भैरहेको र उक्त परियोजनाले वैदेशिक रोजगारमा गएर फर्केका ब्यक्तिलाई कसरी देशमै स्वरोजगार गराउने,बिदेश जादा केके कुरामा ध्यान पुर्याउने,र वैदेशिक रोजगारले ल्याएको पारिवारिक कलहलाई कसरी समधान गर्ने भन्ने बारे विभिन्न क्षेत्रका सम्बन्धित कर्मचारी खटाएर काम गरिरहेको बताए ।उक्त परियोजना जिल्लाका शारदा नगरपालिका,बागचौर नगरपालिका,बनगाड कुपिण्डे नगरपालिका र क्षत्रेश्वरी गाउँपालिकामा लागू गरेपनी जिल्ला प्रशासन कार्यालय सल्यानमा आफ्नो कार्यालय खडा गरेर वैदेशिक रोजगारमा जाने सम्पुर्ण स्थानीय तहका जिल्ला वासीलाई चेतनामुलक जानकारी दिदै आइरहेको बताए ।
सस्थाका कर्मचारी,सरोकारवाला निकायका प्रतिनिधी,पत्रकार लगाएत अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन डेभलपमेन्ट मेन्ट सोसाइटी नेपालका सदस्य नवराज वलीले गरेका थिय ।