सल्यानका दस स्थानीय तहमा तोक्यो माओवादी केन्द्रले अध्यक्ष र सचीव

८ असोज २०७८ / सन्तोष भण्डारी

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र सल्यानले जिल्लाका १० वटै स्थानीय तहमा अध्यक्ष र सचीवको टुंगो लगएको छ ।

बिहिवार माओवादी केन्द्र जिल्ला समन्वय समिती सल्यानले गरेको परिपत्र अनुसार पाटीका विभिन्न नेताहरुलाई अध्यक्ष र सचीवको जिम्मा दिएको हो । पाटीका सल्यान जिल्ला संयोजक कृति बहादुर पुन ( प्रकाण्ड ) र जिल्ला सचीव निमवहादुर केसी ( अरुण) द्वारा जारी गरिएको परिपत्र अनुसार दार्मा गाउँपालिकामा चन्द्र वहादुर रावत अध्यक्ष,दुर्गा बहादुर मल्ल लाई सचीव तोकिएको छ ।

यस्तै बागचौर नगरपालिकामा लोकमान बुढाथोकी अध्यक्ष, सेते वली सचीव,त्रिवेणी गाउँपालिकामा राजेन्द्र कुमार थापा अध्यक्ष, छविलाल बुढाथोकी सचीव,शारदा नगरपालिकामा नविनकुमार भडेल अध्यक्ष,तिलक कुमार बिक सचीव, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारी अध्यक्ष, सेरवहादुर पुन सचीव, कुमाख गाउँपालिकामा चन्द्रबहादुर राणा अध्यक्ष, हर्ष बहादुर बुढाथोकीले सचीव, छत्रेस्वरी गाउँपालिकामा प्रेमबहादुर खडका अध्यक्ष,हिमाल योगी सचीव,शिद्व कुमाख गाउँपालिकामा रामबहादुर बस्नेत अध्यक्ष,दिलवहादुर बोहरा सचीव, बनगाड कुपिन्डे नगरपालिकामा कृति बहादुर राणा अध्यक्ष, दिपक यरी सचीव र कालिमाटी गाउँपालिकामा शालिकराम भट्टराई अध्यक्ष, निम बहादुर थापा सचीव रहेका छ । माओवादी केन्द्रले केही हप्ता पहिले जिल्ला इन्चार्जमा कर्ण बहादुर बुढाथोकी ( छहारी) लगाएत दस वटै स्थानीय तहमा पाटी इन्चार्जको जिम्मा विभिन्न नेतालाई दिएको थियो,जस अनुसार शारदा नगरपालिका पाटी इन्चार्जमा,प्रमोद कुमार श्रेष्ठ, वागचौर नगरपालिकामा टिकाराम वली, वनगाड कुपिण्डे नगरपालिकामा कर्ण बहादुर बुढाथोकी , दार्मागाउँपालिका निमवहादुर केसी ,त्रिवेणी गाउँपालिका अजय रोका, कपुरकोट गाउँपालिका तिर्थराज वस्नेत, कालीमाटी गाउँपालिका पुरुषोत्तम भट्टराई, कुमाख गाउँपालिका दिलमाया वुढा, शिद्धकुमाख गाउँपालिका सुम्नीमा डिसीले जिम्मेवारी पाएका हुन ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को २०७८ साउन ३० गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार २०७८ असोज १० गते सेल र टोल सम्मेलन, असोज २० गते वडा सम्मेलन, कार्तिक ६ गते पालिका सम्मेलन, मंसिर १५ गते प्रदेश सम्मेलन , पौष ११ देखि १३ गते सम्म राष्ट्रिय सम्मेलन तोकिएको र त्यही अनुसार पाटीलाई चलाएमान गराउन आफुहरु लागि परेको नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी ( छहारी) ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस