राप्रपाको बनगाड कुपिण्डे नगर भेला सम्पन्न

७ असोज २०७८

राष्ट्रिय प्रजातान्त्र पार्टीकोले सल्यानको बनगाड कुपिण्डे नगर स्तरीय नगर भेला सम्पन्न गरेको छ ।

बुधबार भएको नगर स्तरीय भेलामा बोल्दै कार्यक्रममा बोल्ने नेताहरुले गणतन्त्र र लोकतन्त्रवादिहरुकाे हविगत जनताले देखि सकेको बताताउदै, अब देशको समृद्धिका लागि एकपटक राप्रपालाई देशको शासन सुम्पिने गरि तिनै तहका निर्वाचनमा मतदान गरि जिताउन सल्यान बासीलाई अपिल गरेका छन् । भेलालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय निर्देशक समिति सदस्य डाक्टर धवल समशेर रानाले गणतन्त्र तथा लोकतन्त्र वादीहरुले जनतामा चर्को कर,भ्रष्टाचार,अनियमितता उपहार दिरहेको बताए ।गणतन्त्रका नाममा जनता लुट्ने यी प्रमुख पार्टीहरु यतिखेर आफ्ना आसेपासे,नातागाेतालाइ समेत राज्यकोषबाट भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने बाटोमा लगाएइरहेको आरोप लगाए ।

पुर्व मन्त्री प्रेमवहादुर भण्डारी,कुन्ति शाहि,केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत बहादुर भण्डारी,प्रदेश कमिटी सदस्य शिला वुढाथाेकि,प्रदेश उपाध्यक्ष दिनेश सिंह ठकुरी,राष्ट्रिय प्रजातान्त्र पार्टीका जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ,केन्द्रीय कमिटी सदस्य ॠषिराज देवकोटा लगाएतका अधिकांश नेताहरुले गणतन्त्रले जनताको सास निमाेठेको आराेप लगाउदै । देशमा राजा सहितको हिन्दु राष्ट्र हुनुपर्ने जोडदार माग गरेका छन् । कार्यक्रममा विभिन्न पाटी परित्याग गरि ३७ जना बढिले राप्रपामा प्रवेश गरेको पाटीका सल्यान जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।

भेलामा विभिन्न झाँकी,नित्य प्रस्तुत गरिएको थियोे भने राप्रपाका बनगाड कुपिण्डे नगर अध्यक्ष डिल्ली रानाकाे सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वालाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस